हाम्रो बारेमा (1 post)
हाम्रो बारेमा
हाम्रो बारेमा
यस बिद्यालयको शुरुको इतिहासलाई केलाउदा बिद्यालयको शुरुवात २००४ सालमा साँघु गा.वि.स स्थित चालिसेमा भेमलाल भट्टराईको सकृयतामा स्थापित गुरुकुल शिक्षा प्रणलीमा आधारित संस्कृत पाठशालाबाट शुरु भएको देखिन्छ । उक्त चालिसेमा संन्चालित संस्कृत पाठशालामा स्थानिय बासिहरुले शिक्षकलाई तलव दिने पैसाको अभावमा वार्षिक ४० मुरी धान संकलन गरी तलवको रुपमा धान दिने शर्तमा पं. बैजनाथ भट्टराइलाई अध्यापकको रुपमा शिक्षक नियुति गरिएको थियो । स्थानिय बासिहरुको पहमा चित्राले छापिएको बाँस, माटोको कटेरो टहरो बनाई शुरु गरिएको यो संस्कृत पाठशालामा पढ्ने बिद्यार्थीहरुले आफ्नै घरबाट बस्नका लागी गुन्द्री, पिरा तथा लेख्नका लागी पाटी, बाँसको खपेटा, मालिङ्गाको कलम र कालो मसोको मसी बनाई लिएर आउने गर्थे । उक्त पाठशालामा चण्डी, न्याय, ब्याकारण, पुराण, बेद, ज्योतिष धर्मशात्र जस्ता संस्कृतका बिषहरु अध्ययन अध्यापन हुने गर्थे । शिक्षण सिकाईको बिषय संस्कृत भए पनि शिक्षाको माध्यम भने नेपाली नै थियो । बिद्यार्थी (शिष्य) हरुले शिक्षक (गुरु) ले सिकाएको बिषयवस्तु हु बहु रुपमा आउदो गरी पाठ बुझाउनु पर्ने किसिमको शिक्षण सिकाई रहेकाले शिक्षण बिधि भने अहिले जस्तो वाल केन्द्रित नभइ शिक्षक केन्द्रित शिक्षण बिधिहरुको प्रयोग हुने गथ्र्यो ।
उक्त चालिसेमा २००४ सालमा स्थापित संस्कृत पाठशालामा धेरै टाढाबाट बिद्यार्थी पढ्न आउने गरेको यथार्थ प्रमाणहरु पाइन्छ । पाठशाला हिउँदमा मात्र संचालन हुने गथ्र्यो । भने बर्षा याममा पाठशाला बन्द हुने नियम थियो । यो पाठशाला २००४ साल देखि २००६ साल सम्म संचालनमा रहेको देखिन्छ । उक्त पाठशाला २००७ सालको क्रान्तिका कारण र शिक्षकलाई तलव दिन नसकेको कारण आफै निस्कृय भयो । त्यस पछि स्थानिय शिक्षा प्रेमि लक्ष्मी प्रसाद कोइराला ज्यूको पहलमा २००८ साल माघ २ गते सायम्बाहाङ्ग धर्मशाला रहेको टुडिखेलमा एउटा स्कुल खोल्ने निधो गरियो । २००८ साल माघ ३ गते उक्त टुडिखेलमा स्थानिय ब्याक्तिहरुको जनश्रमदानमा ४४ हात लम्बाई भएको बाँस माटोको कटेरो बनाई चित्राले छापियो । स्थानिय पं. बैजनाथ भट्टराइलाई यस बिद्यालयमा अध्यापक राखि २००८ साल माघ ४ गते देखि पढाई प्रारम्भ भयो हरेक मंसिर महिनामा स्थानिय बासिहरुले आफ्नो हैसियत अनुसार वार्षिक ४० मुरी अन्न चन्दा उठाई शिक्षकलाई तलवको रुपमा दिने गरिथ्यो । उक्त स्कुलमा ४०/५० जना बिद्यार्थी (शिष्य) हरु दैनिक पढ्न आउथे । बिद्यालयमा पढाइको माध्यम नेपाली भए पनि अध्ययन अध्यापनको बिषय भने चण्डी, रुद्री, बेद, कौमुदी जस्ता संस्कृत बिषयहरु थिए । केही बिद्यार्थीहरु पहिला कितावमा क ख पढ्थे । शिक्षाको लेनदेन गुरुकुल शिक्षा प्रणालीमा आधारित थियो बिद्यार्थीले हरेक दिन गुरुले दिएको पाठ बुझाउनु पर्दथ्यो । नबुझाएमा गुरुले कडा शारीरीक दण्ड दिने प्रचलन थियो । उक्त पाठशालामा अहिलेको जस्तो डेक्स, वेन्च थिएनन् । विद्यार्थीहरुले वस्नका लागी गुन्द्री, पीरा, पाटी लिएर विद्यालयमा आउनु पर्दथ्यो । उक्त टुडिखेलमा स्थापित पाठशालालाई फागो चोङबाङ्गहरुले सायम्बाहाङ्गको धर्मको लागी बनाएको धर्मशालापाटीमा वि.स. २०११ सालमा सारियो २०११ साल देखि धर्मशालामा पठन पाठन शुरु भयो ।
यसरी स्थानीय व्यक्तिहरुको पहलमा २००८ सालमा स्थापित यो विद्यालयको नामाकरण २०१४ सालसम्म भएको थिएन । स्थापना काल देखि २०१४ सालसम्म नामाकरण नगरी विद्यालय संचालन गरियो । २०१४ सालमा सरकारबाट प्राइमरी स्कुल संचालनका निम्ति सरकारी स्वीकृति प्राप्त भए पछि यो स्कुलको नाम नारायणी प्राइमरी स्कुल नामाकरण गरियो । यो विद्यालयले २०१४ साल देखि तत्कालिन श्री ५ को सरकारबाट वार्षिक रु. ३००/- सरकारी आर्थिक सहायता प्राप्त गर्यो ।
२०१६ सालमा जिल्ला विकास वोर्ड धनकुटाबाट विद्यालय भवन वनाउन भनी प्राप्त सहायता रु. १५००/- र स्थानीय व्यक्तिहरुको श्रमदान समेत गरी जम्मा रु. ३०००/- को लागतमा सायम्वाहाङ्ग धर्मशालापाटीको छेउमा राखिएको जगेडा जग्गामा २०१७ सालमा ढुङ्गाको गारो भएको उत्तरतिर फर्केको तीन तले भवन निर्माण गरियो । २०१७ साल पौष १६ गते सायम्वाहाङ्ग धर्मशालापाटीमा संचालित विद्यालयलाई नयाँ भवनमा स्थानान्तरण गरी संचालन गर्न शुरु गरियो । तत्कालिन विद्यालय सेक्रेटरीको पहलमा २०१७ साल फाल्गुण १७ गते तत्कालिन श्री ५ को सरकार शिक्षा मन्त्रालय माध्यमिक उपशाखाबाट मिडिल स्कुल संचालन गर्न मिडिल स्कुलको स्वीकृति प्राप्त भयो । सरकारी स्वीकृति प्राप्त भएपछि रु. ९००/-, रु. १२००/-, रु. १५००/- र रु. ३२००/- सरकारी आर्थिक सहयता क्रमशः प्राप्त हुदै गयो । २०२६ साल तिर विद्यालय आई पुग्दा विद्यालयमा क्ष्ब् पास गरेको योग्यता प्राप्त शिक्षकको अभावमा तत्कालिन अञ्चल शिक्षा अधिकारीबाट सरकारी अनुदान रोक्का भयो । तत्कालिन अवस्थामा क्ष्ब् पास गर्नु भएका श्री हर्कराज चोङबाङ्गलाई सेक्रेटरी नियुक्ति गरी रोक्का भएको सरकारी आर्थिक सहयता पुनः माग गरियो र २०२६ सालमा रोक्का भएको सरकारी आर्थिक सहायता प्राप्त भयो र शिक्षकहरुका बाँकी तलव चुक्ता गरियो । २०२६/१०/२ मा तत्कालिन गाउँ पंचायतको गाउँ सभाले स्थानीय छत्र बहादुर प्रसाईलाएै सेक्रेटरी पदमा नियुक्त गर्यो ।
२०२९ सालमा बृटिश गोर्खा वेल्फेर फण्डबाट बिद्यालयलाई फर्निचरका लागी रु २०००/- र पुस्तकालयका लागी रु १०००/- प्रप्त भई बिद्यालयको फर्निचर निमाणर् गरियो २०३२ सालमा बिद्यालयलाई पिउने पानीको लागी युनिसेफबाट पोलिथिन पाइप प्रप्त भई एक धारा एक चर्पी निमाणर् भयो । २०३३ सालका बिद्यालय भवनको छाना छाउने बृटिश वेल्फेयर फण्ड बाट रु १७१४५/- प्राप्त भई र्ककट पाताले छाना छाहियो । २०३३ सालमा श्री सायम्बाहाङ्ग परिवारबाट बिद्यालयलाई करेसाबारी खेलमैदान भवन कार्यालय समेतका लागी २-१२-१-२ परिमाण बराबरको जग्गा चन्दा स्वरुप प्राप्त भयो ।
सम्पूणर् गाउँबासिहरु संग चन्दा संकलन गरी २०४६ सालमा प्रस्तावित मा.बि संचालन भयो २०५० सालमा उक्त प्रस्तावित मा.बि सरकारी नीति अनुसार स्थायी स्वीकृति प्राप्त भयो ।
२०६३/०६४ मा यस बिद्यालयमा कार्यरत शिक्षक र केही अभिभावकहरुवाट चन्दा संकलन गरी २०६४ साल देखि १० ं २ कक्षा संचालन शुरु गरियो । उच्चमाध्यमिक शिक्षा परिषदको मिति ०६४/३/८ को निणर्य अनुसार यस उ.मा.बि लाई ०६४/०६५ देखि उच्च माध्यमिक तहको कक्षा संचालन गर्न अस्थायी सम्बन्ध प्राप्त भयो । सोही मुताबिक हाल सम्म उच्च माध्यमिक बिद्यालय संचालन हुदै आएको छ
श्री गणेश लिम्बु
अध्यक्ष विद्याल व्यस्थापन समित
श्री मिलन पांमा लिम्बु
अध्यक्ष शिक्षक अभिभावक संघ
श्री रुपनारायण घिमिरे
प्रधानाध्यापक
श्री रुद्र प्रसाद ढुङ्गाना
सहायक प्रधानाध्यापक
श्री रामनारायण साह
संयोजक प्राविधिकधार
श्री चिरिन्जीवी चोङबाङ
लेखापाल तथा प्रशासन सहायक